काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना नवनिर्वाचित सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ‘भावी प्रधानमन्त्री’ को उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको हो।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेसले स्पष्ट, विनम्र र ुबोल्डु ढङ्गले सभापति थापालाई देशको भावी नेतृत्वका रूपमा प्रस्तुत गरेको बताए।
उनले अहिलेको राजनीतिक परिदृश्यमा देखिएका अन्य सम्भावित प्रधानमन्त्रीका दाबेदारहरूको तुलनामा कांग्रेसले अघि सारेको उम्मेदवार अब्बल नम्बरका साथ अग्रपङ्क्तिमा उभिने दाबी समेत गरे।
उपसभापति शर्माका अनुसार गगन थापाले परिवर्तित समयको आवाज र युवा पुस्ताको भावनालाई गतिलो ढङ्गले नेतृत्व गर्न सक्ने सामर्थ्य राख्छन्। मुलुकको विशिष्ट परिस्थितिको मागलाई सम्बोधन गर्न संयम र सौम्य प्रवृत्तिका साथ अघि बढ्न सक्ने नेतृत्व नै अहिलेको आवश्यकता भएको र त्यो क्षमता थापासँग रहेको कांग्रेसको ठहर छ। यस निर्णयसँगै कांग्रेस अब ुगगन थापाको नेतृत्वमा नयाँ नेपालु भन्ने मुख्य चुनावी एजेन्डासहित फागुन २१ को निर्वाचनमा होमिने भएको छ।
काँग्रेसको कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले परिवर्तित काँग्रेसले देश बदल्ने उद्घोष गरे । उनले प्रतिस्पर्धीहरुलाई गाली गरेर होइन, आफ्ना एजेन्डा राखेर अघि बढ्न पनि नेता कार्यकर्ताहरुलाई उनको अनुरोध थियो । आफ्नो निर्वाचन क्षेत्रमा खटिन र आम मतदाताको घर घरमा पुगेर एजेन्डाका बारेमा जानकारी गराउन पनि उनले आग्रह गरे । काँग्रेसका कार्यकर्ताहरुले रुखमा भोट हाल्न नपाएको गुनासो जहिल्यै गर्ने गरेको र त्यसैकारण अहिले १ सय ६५ ठाउँमा नै रुखमा नै भोट हाल्नसक्नेगरी उम्मेद्वार उठाइएको उनको भनाई थियो । अर्को पटकदेखि चुनावमा टिकट दिने प्रथा नै खारेज गर्ने र स्थानीय तहबाट नै उम्मेद्वार फाईनल भएर अघि आउने वाचा पनि उनले गरेका छन् ।

प्रतिक्रिया