मेलबर्न, अष्ट्रेलिया ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी संगठन प्रवास नेपाली सम्पर्क विभागले एनआरएन, अन्डू लगायतका संंघ संस्थासँगको सम्बन्धका विषयमा स्पष्ट पारेको छ । विश्वका विभिन्न देशमा गठन भएको विभागको तर्फबाट जारी विज्ञप्तिमा गैरआवासीय नेपाली संघ वा युनाईटेड नेप्लीज डायस्पोरा अर्गनाईजेसन अन्डूसँग आधिकारिक संस्थागत प्रतिनिधित्व र संस्थागत प्रतिनिधित्व नगरिएको र यो पार्टीको नीति अनुसार नै भएको स्पष्ट पारेको हो । यदि विभागमा आबद्ध व्यक्ति कसैले एनआरएन वा अन्डूको कुनै पदमा रहेको अवस्थामा त्यस्ता व्यक्तिको विभागको आबद्धता नै खारेज हुने पनि उसले स्पष्ट गरेको छ ।
आफ्नो पार्टीका नेताहरु सम्पर्क विभागहरुसँग समन्वय वा सम्पर्क नै नगरी प्रमुख अतिथि भएर एनआरएनको कार्यक्रम जाने र धारणा राख्ने क्रम बढेपछि विभागहरुले एकजुट भएर यसको विरोध गरेका छन् । उनीहरुले यस किसिमको सहभागिताले अन्योल सिर्जना गरेको बताएका छन् । अन्डूले आफुहरु रास्वपाको निकट रहेको भन्दै प्रस्तुत गरेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । यस्तो कुराले आम जनमानसमा भ्रम सिर्जना हुनगएको र संगठन विस्तारमा असर परेको उनीहरुको ठहर छ ।
विभागहरुले जारी गरेको संयुक्त वक्तव्यमा वंशजको नागरिकता तथा प्रवासी नेपालीको अधिकार स्थापित गर्न नागरिकता ऐनमा आवश्यक संशोधन गर्नुपर्ने ठम्याई पनि उनीहरुको छ ।
यस्तो छ उनीहरुले जारी गरेको विज्ञप्ति –
*Updated 13/08/2026 – 12.29 AEST

प्रतिक्रिया