एडिलेडमा अगस्ट २१ मा गुञ्जिँदै सुशान्त केसी, परिवारसहित सहभागी हुन आयोजकको आग्रह

एडिलेडमा अगस्ट २१ मा गुञ्जिँदै सुशान्त केसी, परिवारसहित सहभागी हुन आयोजकको आग्रह


एडिलेड — नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक तथा संगीतकार सुशान्त केसीको बहुप्रतीक्षित सांगीतिक कार्यक्रम आगामी अगस्ट २१ तारिख शुक्रबार दक्षिण अस्ट्रेलियाको एडिलेडमा आयोजना हुने भएको छ।

‘पाहुना अस्ट्रेलिया टुर २०२६’ अन्तर्गत हुन लागेको कार्यक्रम एडिलेडको हिन्ड्ली स्ट्रिट म्युजिक हलमा आयोजना हुँदैछ। कार्यक्रम गिरिश इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट र थ्री केजी इभेन्ट्सले गर्न लागेका हुन् ।

आधुनिक नेपाली संगीतमा फरक शैली, शब्द र प्रस्तुतिका कारण विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बनेका सुशान्त केसीका गीतहरूले नेपालसँगै विदेशमा रहेका श्रोतामाझ पनि राम्रो स्थान बनाएका छन्। उनका चर्चित गीतहरू प्रत्यक्ष सुन्न र सांगीतिक प्रस्तुतिको आनन्द लिन पाउने भएकाले एडिलेडका संगीतप्रेमीका लागि यो कार्यक्रम विशेष आकर्षण बन्ने अपेक्षा गरिएको गिरिश ईभेन्टसका गगन गिरीले बताए ।

उनका अनुसार सुशान्तले कार्यक्रममा आफ्ना विभिन्न चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन्। ‘बार्दली’, ‘बेहोस’, ‘सारङ्गी’, ‘आमा’ लगायतका गीतमार्फत नेपाली संगीतप्रेमीमाझ लोकप्रिय बनेका सुशान्त केसीको प्रत्यक्ष प्रस्तुति एडिलेडका दर्शकका लागि विशेष आकर्षण बन्ने अपेक्षा छ । यसअघि दुई पटक एडिलेडमा सुशान्तले सफल कन्सर्ट गरिसकेका छन् ।

कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी एडिलेडमा रहेका नेपाली भाषी समुदायलाई संगीतमार्फत एकै ठाउँमा जोड्ने अवसरका रूपमा हेरिएको छ। विशेषगरी विदेशमा हुर्कँदै गरेको नयाँ पुस्तालाई नेपाली भाषा, संगीत र संस्कृतिसँग जोड्न यस्ता सांगीतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

यसपटकको कार्यक्रमको अर्को विशेषता सबै उमेर समूहका दर्शक सहभागी हुन पाउनु रहेको छ। आयोजकले एडिलेड तथा आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषी समुदायलाई आफ्ना परिवार तथा बालबालिकासहित कार्यक्रममा सहभागी भई सांगीतिक साँझको आनन्द लिन आग्रह गरेको छ ।


कार्यक्रमसम्बन्धी थप जानकारी पोष्टरमा –