माओवादी महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने– ‘एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ’

काठमाडौं, ११ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको हितमै रहेको दाबी गर्नुभएको छ । काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको बताउनुभएको हो । उहाँले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् कि छैनन् भनेर प्रश्न गर्नुभयो ।‘राष्ट्रघाती…