नारायणहिटी जग्गा भाडा प्रकरणः कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

नारायणहिटी जग्गा भाडा प्रकरणः कार्यकारी निर्देशक दाहालले दिए राजीनामा


काठमाडौं, २७ पुस । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।
नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो ।
दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेयले जानकारी दिनुभयो।