काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली संघको विवादमा सरकारको धारणा सार्वजनिक गर्दै आगामी अक्टोबरमा हुने अधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने बताएका छन् । काठमाडौंमा सुरु भएको एनआरएनए ग्लोबल कन्क्लेभमा प्रमुख अतिथिको रुपमा सहभागी भएका प्रधानमन्त्री ओलीले एनआरएनलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन पनि आग्रह गरेका छन् । अदालतमा र सरकारमा वर्तमान अध्यक्षको विषयमा…