काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बढ्दो प्रभावले केही व्यक्तिहरू त्रसित बनेको र त्यसकै कारण आफूविरुद्ध पूर्वाग्रहसहित भ्रष्टाचारको मुद्दा लगाउने प्रयास भएको बताएका छन्। एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै नेपालले पार्टीको महत्त्वपूर्ण भूमिकाले केहीलाई असहज बनाएको उल्लेख गरे। ‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ ।…