काठमाडौं । कतारमा जारी एफसी एशियन कप फुटबलमा अस्ट्रेलिया विजयी भएको छ। शनिबार भएको खेलमा अस्ट्रेलियाले भारतविरुद्ध २–० गोल अन्तरले जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गरेको हो। ५० औं मिनेटमा अस्ट्रेलियाले अग्रता बनाउन सफल भयो। भारतीय गोलकिपर गुरप्रित सिंह सन्धूले गल्ती गर्दा त्यसको फाइदा उठाउँदै ज्याक्सन इरविनले…