काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘ऊनको स्वीटर’को फस्टलुक सार्वजनिक भएको छ। आर्टमान्डूले निर्माण गर्ने फिल्मको सार्वजनिक पोस्टरमा विपिन र मिरुनालाई तन्नेरी अवतारमा देखाइएको छ। पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य देखिएका छन्। विपिन गोल्ड स्टार जुत्ता, पेन्ट र रातो स्वीटरमा सजिँदा मिरुना गुरुङ पोसाकमा देखिएकी…