काठमाडौं ।
क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर क्यानलाडाई व्याटिङको निम्तो दिएको छ। सोमबार टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु गराएको छ। सोमपाल कामीको स्थानमा हेमन्तलाई डेब्यु गराइएको हो।
पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको नेपाल आज अन्तिम खेल जितेर सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ। यस्तै, क्यानडाका टोली पनि सिरिजमा आफ्नो पहिलो सान्त्वना जितको खोजिमा मैदान प्रवेश गर्नेछन्।
प्रतिक्रिया