काठमाडौं ।
क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो।
मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै देव खनालले उक्त अवार्ह जितेका हुन्। २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन खनालले नेपाली क्रिकेट टिमको नेतृत्व गरेका थिए।
देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो। यस्तै, विश्वकप छनोटका ५ खेलमा समेत उनले राम्रो प्रर्दशन गरेका थिए।
देवले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएका खनालले २०२४ को पल्सर एनएसएसजेएफ अवार्डको २० औं संस्करण हात पारे।
प्रतिक्रिया