काठमाडौं ।
क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले २ सय ३३ रनको लक्ष्य पाएको छ। टीयु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर व्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २३२ रनमा समेटियो।
तेस्रो खेलमा डेब्यु पाएका हेमन्त धामीले आफ्नो सानदार डेब्यु विकेट दर्ज गराए । धामीले सर्वाधिक ३ विकेट लिए। यस्तै कुशल मल्लले २ विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले एक–एक विकेट लिए।
क्यानडाका लागि नभनीत धलिवाल ५०, हर्ष ठकेरले २७ रन जोड्दा आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२ र निकोलस किर्तोन ३ रन बनाएर आउट भएका थिए।
नेपालले आजको खेलमा आसिफ शेख, सुर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई बेन्चमा राखेको छ। इनिङको ओपनिङ कुशल भुर्तेल र अनिल कुमार शाहले गर्नेछन्।
प्रतिक्रिया