२५ वर्षपछि अरशद र मारियाको विवाह दर्ता

२५ वर्षपछि अरशद र मारियाको विवाह दर्ता


मुम्बई ।

बउिड अभिनेता अरशद वारसी र मारिया गोरेट्टीको विवाहको २५ वर्ष पुगेको छ। जोडीले सन् १९९९, फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गरेका थिए। जोडीले विवाहको २५ वर्षको अवसर पारेर गत जनवरी २३ मा अदालतमा आधिकारिक रुपमा विवाह दर्ता गराएका छन्।

हालै एक अन्तरवार्तामा अरशदले विवाह दर्ताबारे दिमागमा नआएको र यो आफ्ना लागि महत्वपूर्ण छ भन्ने कुरा पनि थाहा नभएको खुलासा गरेका छन्। उनले सम्पत्तिको मामला र कसैको निधनपछि यसको महत्वबारे आफूले थाहा पाएको बताएका छन्। ‘हामीले कानूनका लागि गरेका हौं। मलाई लाग्छ कि भागिदारका रुपमा यदि तपाईं एकअर्कालाई प्रेम गर्नुहुन्छ भने यसले महत्व राख्छ’, उनले भनेका छन्।

उनले अन्तरवार्तामा भ्यालेन्टाइनसँग जोडिएको आफ्नो डरलाग्दो स्मरणबारे बताएका छन्। ‘मलाई आफ्नो विवाहको मिति अरु कसैलाई सुनाउन घृणा लाग्छ, किनकी यो निकै घटिया लाग्छ। मारिया र म यो कुरामा लज्जित हुन्छौं। यद्यपि, यो हामीले जानेर बुझेर गरेका होइनौं’, उनले भनेका छन्।