प्रधानमन्त्री कप क्रिकेटको उपाधी नेपाल पुलिस क्लबलाई, आर्मी ६ विकेटले पराजित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधी जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो। पुलिसका लागि शंकर रानाले सर्वाधिक ६२ रनको योगदान दिए ।…