विश्वकप लिग-२ : युएईसँग नेपाल पराजित

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल युएईसँग फराकिलो अन्तरले पराजित भएको छ । दुबै अन्तर्राष्ट्रिय मैदानमा युएईले बनाएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले ६० रन बनाउनु सर्वाधिक रह्यो । उनीबाहेक अन्तिम नम्बरमा ब्याटिङका लागि आएका सन्दीप लामिछानेले २६…