काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग २–१ लेपराजित भएको छ । विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको थियो । मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक–एक गोल गरेका थिए । ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरे ।
खेलको २९ औं मिनेटमा सोफियाने बोउफ गोल गर्दै मोरक्कोलाई सुरूआती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० गोल अन्तरले पछि परेको ब्राजिलका लागि खेलको ६७ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
तर खेलको ७९ औं मिनेटमा अब्देलहामिद सबिरीले गोल गर्दै मोरक्कोलाई पुनः अग्रता दिलाए । उक्त अग्रता जोगाएको मोरक्कोले ब्राजिलमाथि रोमाञ्चक जित निकाल्यो ।
हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो।
प्रतिक्रिया