कामठाडौँ ।
झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगिता हुने भएको छ। नक्षेत्र फाउण्डेसनको आयोजनामा भुटानी शरणार्थी शिविर भित्रै आयोजना हुन लागेको प्रतियोगिताले ओझेलमा परेको अवस्थामा प्रतिभाहरुको खोजी गर्न लागेको फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदी बताउँछन्।
अध्यक्ष सुवेदीका अनुसार प्रतियोगीताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुनेछ। जसको निर्णायकमा कर्म ग्यालजन बम्जन, महेश थुलुङ्ग, किशोर शिवाकोटी, सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन्। आयोजकका अनुसार प्रतियोगीतामा प्रथम हुने प्रतियोगीले नगद ३ लाख , द्धितिय हुनेले २ लाख र तेस्रो स्थान हाँसिल गर्नेले १ लाख पाउनेछन्।
त्यस्तै बिजेताहरु तिनै जनालाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ। प्रतियोगीताको फाइनल जुलाईमा हुनेछ। कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा) र डिस्काको पनि सहयोग रहेको छ।
१५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगीताको निर्देशन गायक कमल राईले गर्दैछन्। जसका लागि उनी अमेरिकादेखि केही दिनमा नै नेपाल आउँदैछन्। कार्यक्रमको प्रायोजन रेड वान रियालिटी, मेनुका मेमोरियल फाउण्डेसन, बेस्ट मोरगेज, रिदम स्क्रिन, लगायतले गरेका छन्।
प्रतिक्रिया