काठमाडौँ । एसीसी एसिया कपको उद्घाटन खेलमा नेपालले आयोजक पाकिस्तानविरुद्ध पहिला बलिङ गर्ने भएको छ। समूह ‘ए’ अन्तर्गत पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानले नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो । पाकिस्तानले भने पहिला ब्याटिङ गर्ने भएको छ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक पाकिस्तानको सामना गर्दैछ। सन्दीप लामिछानेले नेपालका लागि ५० औँ एकदिवसीय खेल्दैछन्।
नेपालको प्लेइङ–११
कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।
प्रतिक्रिया