एनपीएल सिजन–३ का लागि क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी

एनपीएल सिजन–३ का लागि क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी भएको छ।

‘टुगेदर फर द गेम : अ पार्टनरसिप फर क्रिकेट’ नारासहित सार्वजनिक गरिएको यस सहकार्यले नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुद क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने लक्ष्य राखेको छ।

क्लाउड एजुकेसन भिसाका अनुसार क्रिकेटको विकासका लागि खेलकुद क्षेत्र र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिँदै काठमाडौं गोर्खाजसँग साझेदारी गरिएको हो। यस सहकार्यबाट नेपाली क्रिकेटको प्रवर्द्धन गर्नुका साथै क्रिकेटसँग सम्बन्धित गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा कम्पनीले गरेको छ।

नेपालमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा निजी क्षेत्रको लगानी, सहकार्य र सहभागिताले खेलकुद क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

एनपीएल नेपाली क्रिकेटको व्यावसायिक विकास र खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको छ। सिजन–३ का लागि गरिएको यो साझेदारीले प्रतियोगिता र नेपाली क्रिकेटको प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।