काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका श्वेता खड्का उद्यमशीलतामा पनि सक्रिय बन्दै गएकी छन् । उनी पछिल्लो समय नेपाली कपडा तथा फेसनको चर्चित ब्रान्ड ‘कासा’सँग जोडिएकी छन् ।
नेपाली डिजाइन, आधुनिक शैली र गुणस्तरीय कपडालाई प्राथमिकता दिँदै आएको कासा फेसनकी संस्थापक रमिला नेमकुलसँग मिलेर खड्काले व्यावसायिक सहकार्य अगाडि बढाएकी हुन् ।
कासा स्थापनाको नवौँ वार्षिकोत्सवका अवसरमा खड्काले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यसहित आफू थप सक्रिय रूपमा लागिपर्ने बताइन् ।

कासाले यसअघि सगरमाथा क्षेत्र तथा बाजुरामा फेसन शो आयोजना गरी नेपाली पहिरण र फेसनलाई विश्वसामु चिनाउने प्रयास गर्दै आएको छ ।
कासाका आकर्षक पहिरणमा सजिएकी श्वेता खड्का चलचित्रसँगै उद्यमशीलताको क्षेत्रमा पनि आफ्नो पहिचान विस्तार गर्दै छिन् ।


प्रतिक्रिया