पानीको पर्वाह नगरी भिक्टोरियामा ईन्टरनेशनल माउन्ट एभरेष्ट डे मनाइयो, आज अन्तरक्रिया !

पानीको पर्वाह नगरी भिक्टोरियामा ईन्टरनेशनल माउन्ट एभरेष्ट डे मनाइयो, आज अन्तरक्रिया !


मेलबर्न, अष्ट्रेलिया ।

फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन अफ अष्ट्रेलिया फेन्काको भिक्टोरिया शाखाले अन्तर्राष्ट्रिय सगरमाथा दिवस बार्बिक्यूसहित पदयात्रा गरेर मनाएको छ । फेन्काका उपाध्यक्ष बम योन्जनका अनुसार भिक्टोरियामा रहेका विभिन्न संघसंस्थासँगको सहकार्यमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री कोलिन ब्रुक्स पनि सहभागी भएका थिए ।

जलवायु परिवर्तनका विषयमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको हो । मेलबर्नमा सोमबार विहान वर्षात भएपनि सहभागीहरुले स्थानीय यारा नदीको किनारामा पदयात्रा सम्पन्न गरेका थिए । पदयात्रापछि बार्बिक्यूसहित आयोजना गरिएको धन्यवाद कार्यक्रममा सहभागिता जनाउने सामाजिक र व्यवसायिक संघसंस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो । यस्तै चित्रकला प्रतियोगिताका सहभागी बालबालिकाहरुलाई पनि उक्त अवसरमा प्रमाणपत्र र एवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा फेन्का भिक्टोरियाका संयोजक भोला गिरीले सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

यसैबीच, आज फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन अफ भिक्टोरियाले आज अनलाईन माध्यममा अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

Photo : Supplied/CALD Voice