अष्ट्रेलियाको मेलबर्नमा मध्यरात गयो भूकम्प, विवरण आउँदै !

अष्ट्रेलियाको मेलबर्नमा मध्यरात गयो भूकम्प, विवरण आउँदै !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा आईतबार राति ११ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको छ । मेलबर्नको उत्तरी क्षेत्र ईपिंग, उलर्ट, क्रेगीबर्न, एयरपोर्ट आसपासका क्षेत्रमा निकै ठूलो कम्पन महसूस भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यद्यपि प्रारम्भिक अनुमानमा ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प भएको विवरणहरु सार्वजनिक भएका छन् ।
भूकम्पको झट्का महसूस भएपछि मानिसहरु केही समय घर बाहिर समेत निस्किएका थिए । भूकम्प गएको क्षेत्रमा बसोबास गर्ने नेपाली समूदायका सदस्यहरुले सामाजिक सञ्जालमा यस विषयमा आफ्नो अनुभव शेयर गर्दै एकअर्कालाई सुरक्षित रहन आग्रह गरिरहेको देख्न सकिन्छ ।
यसअघि सन् २०२१ मा पनि मेलबर्नमा भूकम्प गएको थियो जसमा एकजनाको ज्यान गएको थियो ।
थप विवरण आउन बाँकी …