मेलबर्न अष्ट्रेलिया ।
मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) भिक्टोरियाले आयोजना गरेको चौथो युथ कप टेबल टेनीस प्रतियोगीता सम्पन्न भएको छ। डाँफे कन्सल्टिङ एजुकेसन एण्ड माईग्रेसन मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितालाई भिक्टोरिया युथ फोरम तथा एससीसी भिक्टोरियाले आयोजना गरेको थियो।
एनआरएन भिक्टोरियाले प्रत्येक वर्ष आयोजना गर्ने यस प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, १५ वर्ष मुनिका बालक, १५ वर्ष मुनिका बालिका र ३५ वर्ष उमेर माथि गरी समूहहरु छुट्टाइएर प्रतिस्पर्धा गराइएको थियो।
मेल्बर्नको पश्चिम सनसाईन वेस्टमा रहेको टेनिस क्लबमा आइतबार खेलाईएको प्रतियोगिताको १५ वर्ष मुनीको गर्ल्स रनर अपको उपाधी प्रसस्ती पोखरेलले जितेकी छन् भने १५ वर्ष मुनीको गर्ल्स विजेता सभाना खनिया भइन्। यस्तै १५ वर्ष मुनीको पुरुषतर्फको उपाधी सोहम धितालले जिते।
प्रतियोगिताको महिला ओपन रनर अप कृपा लामा भईन भने महिला खुल्ला विजेताको उपाधी सुरभी थापाले जितिन्। पुरुष ओपन रनर अप सुजन थापाले हात पारे। खुल्ला पुरुषतर्फको उपाधी पियुष अवालले जितेका छन्। पुरुष भेट्रानको रनर अप रमन घिमिरे भए भने पुरुष भेट्रान विजेता विजय रेग्मी भए।
भक्तपुरका स्थायी बासिन्दा पियुष यसअघिको समेत खुल्ला टेबल टेनिस प्रतियोगिताका विजेता हुन् । दोश्रो पटक विजेता बनेका उनले एक हजार डलरसहित उपाधि हासिल गरेका हुन् । प्रतियोगितापछि केविसीखबरसँग प्रतिक्रिया दिँदै उनले आठ वर्षदेखि भिक्टोरियामा बसोबास गरेको र खेलको माध्यमबाट समूदायमा जोडिन पाउँदा आफुलाई निकै खुशी लागेको बताएका थिए ।
उक्त अवसरमा बोल्दै मुख्य प्रायोजक डाँफे कन्सल्टेन्सीका निर्देशक कर्णले खेलको माध्यमबाट समूदायमा केही सहयोग गर्ने हेतुले आफुहरुले निन्तरता दिएको बताएका थिए भने उनले उपस्थितमध्येबाट चार जनालाई लक्की ड्रमार्फत नगद पुरस्कार पनि प्रदान गरेका थिए ।
नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले सहकार्य गरेको उक्त प्रतियोगिताका विजेतालाई एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र, नगद तथा मेडल प्रदान गरिएको थियो।
प्रतिक्रिया