मेलबर्न अष्ट्रेलिया । नेपालका परराष्ट्रमन्त्री एनपी साउदले न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्ससँग भेट गरेका छन्। दुई दिने भ्रमणका लागि हिजो न्यूजिल्याण्ड पुगेका मन्त्री साउदले राजधानी वेलिंगटनमा भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुबै पक्षले हालसम्म सम्बन्ध सुधारमा भएका कार्यप्रगतिबारे सन्तोष व्यक्त गरेका थिए । मन्त्री साउदको सम्मानमा आयोजना गरिएको दिवाभोजमा समेत दुईपक्षीय विचार आदान प्रदान…