भिक्टोरियाको नेपाली ईन्जिनियरहरुको साधारण सभा, हरि पाण्डे अध्यक्षमा चयन

भिक्टोरियाको नेपाली ईन्जिनियरहरुको साधारण सभा, हरि पाण्डे अध्यक्षमा चयन


मेलबर्न अष्ट्रेलिया ।

नेपाली इन्जिनियर समाज भिक्टोरिया (एसएनईभिआइसी)को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार मेलबर्नमा रहेको एनएमसीको भवनमा भएको साधारण सभाले हरि पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। 

नयाँ कार्यसमितिको उपाध्यक्ष इन्दीवर ढकाल, सचिव धीरज कंडेल, कोषाध्यक्ष नारायण दाहाल र सदस्यहरू विषाल सापकोटा, प्रकाश अर्याल, डा। सुवास आचार्य, अभि पाण्डे र प्रयुष राजभण्डारी रहेका छन्।

डा। तिलक पोखरेलको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको थियो। उक्त समितिमा किरण गौतम, डा। रञ्जु चापागाईं, जोग लिम्बु र निराजन गौली सदस्य रहेका थिए। उद्घाटन र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको साधारण सभामा निवर्तमान अध्यक्ष श्री पन्त र कोषाध्यक्ष डा। रञ्जु चापागाईंले वार्षिक कार्य प्रगति र वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए। 

एएनएमसीका अध्यक्ष गान्धी भट्टराई र भिक्टोरियाका लागि नेपालका कन्सुलेट जनरल चन्द्र योन्जनले अनलाईनबाट शुभकामना सन्देश पठाएका थिए। फेन्काका अध्यक्ष बम योञ्जन, जेनी कन्ट्रक्सनका निर्देशक निराजन गौली, अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था एन्जाका अध्यक्ष चिरञ्जीवीराज देवकोटा, जोग लिम्बुलगायतले साधारण सभाको सफलताको कामना गरेका थिए ।

संस्थाका कार्यकारी समितिका सदस्य किरण गौतमले भिक्टोरिया र अष्ट्रेलियामा इन्जिनियरहरूको सरकारी निकायहरूमा दर्ता गर्न कानुनी आवश्यकताहरू सम्बन्धी एक जानकारीमूलक प्रस्तुति दिएका थिए। 

उक्त कार्यक्रममा नेपाल सडक विभागका वरिष्ठ विभागीय इन्जिनियर विनोद भट्टराईले एसएनईभिआइसीलाई नेपाल सरकारसँग सहकार्य गर्ने सम्भावना मात्र नभई अन्तर्राष्ट्रिय व्यावसायिक विकास र सहकार्यलाई पनि प्रवर्द्धन गर्ने सम्भावना रहेको उनले बताए ।