नेपाली सोसाइटी अफ तास्मानियाले गर्यो समुदायसँग अन्तर्क्रिया

नेपाली सोसाइटी अफ तास्मानियाले गर्यो समुदायसँग अन्तर्क्रिया


तास्मानिया अष्ट्रेलिया ।

नेपाली सोसाइटी अफ तास्मानिया (नेस्ट) आज समुदयसँग अन्तर्क्रिया गरेको छ। आज मुनास्थित एमकटहलमा आयोजना गरेको उक्त अन्तर्क्रिया कार्यक्रमा तास्मानियामा रहेका नेपाली समुदायका अगुवा, व्यवसायीलगायतको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष संसाराज चिमोरियाको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (तास्मानियाका) सचिव अर्जुन श्रेष्ठ, टिएनसीएका अध्यक्ष कमल भण्डारी, नेस्टका पूर्व अध्यक्ष गोपाल न्यौपाने, अनिव आचार्य, तोयाराज भट्टराई, खगेन्द्र सत्याललगायत तास्मानियाका विभिन्न संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा नेपाली सोसाइटी अफ तास्मानियाले विगतमा गरेका कामको समीक्षा तथा भावी कार्य योजनाका बारेमा छलफल भएको थियो। तास्मानियमा बसोबास गर्ने नेपालीहरूले भोग्नु परेका समस्या र ती समस्याबाट बच्ने उपायका बारेमा पनि गहन छलफल भएको थियो।

अन्तर्क्रिया कार्यक्रममा सहभगीहरुले आजको छलफलबाट निस्केका निचोडलाई नेस्टको भावी नेतृत्व तथा यहाँको संघीय सरकार, बहुसांस्कृतिक सचिवालय तथा बहुसांस्कृतिक नेपाली समुदायका लागि कानुनी सहयता प्रदान गर्ने संस्थालाई बुझाउनुपर्ने बिचार राखेका थिए। उनीहरूले तास्मानियाको नेपाली समुदायले भोग्नु परेका समस्यालाई थप उजागर गर्नु पर्ने भन्दै नेपालीवासीको हकहितका लागि एक्लै एक्लै गएर भन्दा पनि यहाँ रहेका नेपाली संघ संस्था एकजुट भएर राज्यलाई घचघच्याउनु पर्ने बताएका छन्।

कार्यक्रममा एन्जाका कोषाध्यक्ष खगेन्द्र सत्यालले सामुदायिक पत्रकारिता मार्फत नेपाली समुदायको आवाजलाई उजागर गर्दै यहाँ रहेका नेपाली संघ संस्थासँग सहकार्य गरेर अगाडी बढ्ने धारणा राखेका थिए।