भिक्टोरियाको संसदमा ‘एभरेष्ट डे’ मनाइयो, प्रिमियरले गरिन् प्रशंसा (फोटो फिचर)

भिक्टोरियाको संसदमा ‘एभरेष्ट डे’ मनाइयो, प्रिमियरले गरिन् प्रशंसा (फोटो फिचर)


मेलबर्न, अष्ट्रेलिया । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन्स अफ अष्ट्रेलिया फेन्काको आयोजनामा भिक्टोरिया राज्यको संसदमा एभरेष्ट डे बुधबार मनाइएको छ। २९ मे लाई हरेक वर्ष एभरेष्ट डेका रुपमा मनाउने चलन छ।

कार्यक्रममा राज्यकी प्रिमियर जसिन्टा एलनले सरकार र आफ्नो पार्टी लेबर पार्टीको तर्फबाट नेपाली समूदायसँग मिलेर काम गर्न सदैव तयार रहेको बताएकी थिइन्। कार्यक्रममा बोल्दै ब्रोडमेडोजकी सांसद क्याथलिन म्याथ्यूले सगरमाथा दिवसको बारेमा चर्चा गरेकी थिइन्। उनले नेपाली समूदायले समाजमा परेको कठीन समयमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी थिइन् भने बहुसांस्कृतिक समाजमा नेपाली समूदायको योगदान विर्सन नसकिने रहेको बताइन्। कार्यक्रममा भिक्टोरियाका संसदका अन्य सांसदहरु पनि उपस्थित थिए।

यसअघि प्रभातफेरि आयोजना गरी पार्कमा कार्यक्रम गर्ने गरिएपनि यस पटक भने भिक्टोरियाको संसद भवनमा नै सगरमाथा दिवस मनाइएको हो। कार्यक्रममा बोल्दै फेन्काका अध्यक्ष बम योन्जनले सगरमाथाको देशबाट आएर कर्मभूमिमा सगरमाथा दिवस मनाउन पाउनु खुशीको कुरा भएको बताए।

कार्यक्रममा फेन्काका पूर्वअध्यक्ष राजु अधिकारी, एनआरएनका डेप्युटी कोअर्डिनेटर महादेव धानुक, दिदीबहिनी समाजका प्रतिनिधि, न्याभका प्रतिनिधि र अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष गान्धी भट्टराई, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा लगायत समूदायका अगुवाहरु उपस्थित थिए।