अष्ट्रेलियाली क्रिकेटको वहुसांस्कृतिक दूतमा दुई नेपाली

अष्ट्रेलियाली क्रिकेटको वहुसांस्कृतिक दूतमा दुई नेपाली


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाली क्रिकेटले दुई नेपालीलाई बहुसांस्कृतिक दूतमा चयन गरेको छ। ‘मल्टिकल्चरल एम्बासडर’ अर्थात् बहुसांस्कृतिक दूत कार्यक्रमअन्तर्गत विजय जोशी र अमित लोहनीलाई दूतका रुपमा चयन गरेको हो।

क्रिकेट डटकम एयुमा राखिएको मिडिया रिलिज अनुसार ५० जनाको समूह बनाई मल्टिकल्चरल एम्बेस्डर प्रोगाममा क्विन्सल्यान्डबाट लोहनी र दक्षिण अष्ट्रेलियाबाट जोशीलाई चयन गरिएको हो।

क्रिकेटलाई समावेशी र विविधता दिने उद्देश्यले बहुसांस्कृतिक दूत अवधारणा ल्याइएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ। खेलाडी, व्यवसायी, राजनीतिज्ञ, पत्रकारलगायतका व्यक्ति दूतका रूपमा चयन गरिएको छ। दूतका रुपमा चयन भएका दुई नेपालीले क्रिकेट क्षेत्रमा पुर्याएको योगदानलाई मुख्य आधार बनाइएको छ।