नेपालमय बन्यो डार्बिन (फोटो फिचर)

नेपालमय बन्यो डार्बिन (फोटो फिचर)


डार्बिन अष्ट्रेलिया ।

अष्ट्रेलियाको डार्बिनमा आज नेपाल फेस्टिभल मनाइएको छ। गैरआवासीय नेपाली संघ एनआरएनए) नर्दन टेरेटोरीले आयोजना गरेको नेपाल फेस्टिभलमा नेपाल हाउस, भर्च्युल नेपाल टुर, सांस्कृतिक झाँकी र खानाका परिकारहरू मुख्य आकर्षणको रूपमा राखिएको थियो।

नेपालको परम्परा, चाडपर्व, धर्म, संस्कृति, नेपाली भाषाको लिपिदेखि बाजा र हस्तकलाका समानहरूको सहभागीहरूले अवलोकन गरेका थिए। 

नेपाल फेस्टिभलमा गायन, नृत्य र पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमाल तराई सम्मका कला संस्कृति र भेसभुसा झल्कने कल्चरल परेड पनि गरिएको थियो। 

तस्बिरः जगदिश खड्का