नेपाली नयाँ वर्षमा ब्रिजबेनमा लाइभ दोहोरी, को-को आउँदैछन् कलाकार ?

नेपाली नयाँ वर्षमा ब्रिजबेनमा लाइभ दोहोरी, को-को आउँदैछन् कलाकार ?


ब्रिजवेन अष्ट्रेलिया ।

नेपाली नयाँ वर्षको अवसर पारेर अष्ट्रेलियाको ब्रिजवेनमा लाइभ दोहोरीको आयोजना गरिएको छ। राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान अष्ट्रेलियाले अप्रिल १२ तारिख स्टार्टहपाइन कम्युनिटी हलमा लाइभ दोहोरी कार्यक्रमको आयोजना गरेको हो। 

इशान एजुकेशन मुख्य प्रयोजक रहेको लाइभ दोहोरी कार्यक्रम दिउँसो ४ बजेदेखि राति ११ बजेसम्म चल्ने यस कार्यक्रमका संयोजक रमेश रोक्काले जानकारी दिए। प्रवेश निःशुल्क रहेको उक्त कार्यक्रममा रमेश बिजी, मधु क्षेत्री, मेक्सन खाती, अमृत सापकोटा र कोपिला मगरबीच लाइभ दोहोरी हुने उनले बताए। 

चर्चित कलाकाहरुका साथै झलक पुन, गिता छ्न्त्याल, रमेश खत्री, रन्जन पराजुली, सुमित्रा ढकाललगायतको प्रस्तुति पनि रहने संयोजक रोक्काको भनाइ छ। नेपाली नयाँ बर्षमा हुन लागेको यो कार्यक्रममा सहभागी भएर भरपुर मनोरञ्जन लिन क्वीन्सल्याण्डवासी नेपालीहरुमा रोक्काले आग्रह गरेका छन्। विशुद्ध सांगीतिक कार्यक्रम भएकाले लोक संगीत प्रेमी नेपालीहरूको साथको अपेक्षा रहेको उनले बताए।