भक्तपुर । भक्तपुर जिल्ला एचआईभी संक्रमण र लागूपदार्थ दुर्व्यसनको उच्च जोखिममा देखिएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को सन् २०२४ को तथ्यांकले भक्तपुर एचआईभी संक्रमण तथा लागुपदार्थ दुर्व्यसनको उच्च जोखिममा रहेको देखाएको हो । केन्द्रका अनुसार भक्तपुरका कलेज जाने उमेरका १० युवामध्ये २ जना लागुपदार्थ दुर्व्यसनमा फसेका छन् । उनीहरू गाँजादेखि…