चिलिमे हाइड्रोपावरको सुरुङभित्र चार शव भेटियो, सेना र सशस्त्रले बाहिर ल्याउँदै

काठमाडौँ। भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा बुधबार चार वटा शव फेला परेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा चार वटा शव फेला परेका हुन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार तीन वटा सग्लो शव र एउटा मानव अङ्ग भेटिएको जानकारी दिए । उनका अनुसार…