एमालेले बनायो युथ भोलेन्टियर फोर्स, श्रेष्ठ संयोजक

एमालेले बनायो युथ भोलेन्टियर फोर्स, श्रेष्ठ संयोजक



काठमाडौं । नेकपा एमालेले युथ भोलेन्टियर फोर्स गठन गरेको छ । युवाहरूलाई समेट्ने नयाँ संगठनको रूपमा एमालेले यसलाई अर्थ्याए पनि उसको नियत भने जेनजीको रूपमा संगठित समूहविरुद्ध बल प्रयोगको नीति देखिन्छ। एमाले अध्यक्ष केपी ओलीले युथ भोलेन्टिएर फोर्स देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको बताएका छन् ।

घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले फोर्स अनुशासित ढंगले अघि बढ्ने बताए । हामी शान्तिपूर्ण रुपमा अघि बढ्ने हो । तर, कसैले देशको सम्पत्ति फुटाउन, आए, जलाउन आए उनीहरु चुपचाप हेरेर बस्दैनन् । ओलीको चेतावनी छ ।

राज्यले जिउधनको सुरक्षा गर्न नसकेकाले अब आफ्नो दलको युथ भोलेन्टिएर फोर्सले सुरक्षा गर्ने दाबी समेत गरेका छन् ।
एमालेले शुक्रबार घोषणा गरेको युथ भोलेन्टियर फोर्सको जिम्मा पुष्पराज श्रेष्ठलाई दिएको छ। उनी युवा संघको पूर्व उपाध्यक्ष हुन्। एमाले बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका उनको संयोजकत्वमा रहने संगठनमा सबै जिल्लाबाट सदस्य तोक्ने तयारी छ ।