काठमाडौं ।सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन् । हायू परिवारका सदस्यहरु गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । “उहाँहरु गगनगौडाका दुई जना स्थानीयको घरमा भेटिनुभएको छ” ओलियाले भन्नुभयो, “उहाँहरुलाई आफन्तको जिम्मा लगाउने छलफल…