दुर्गा प्रसाईंको समर्थन सुकुम्बासीहरुलाई, अराजकतापूर्ण अभिव्यक्ति

दुर्गा प्रसाईंको समर्थन सुकुम्बासीहरुलाई, अराजकतापूर्ण अभिव्यक्ति


काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानुका नेतृत्वकर्ता दुर्गा प्रसाईंले सुकुम्बासी बस्तीमा पुगेर उत्तेजक अभिव्यक्ति दिएका छन् ।

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाए मेयर बालेन साहको घर भत्काउन उनको आग्रह छ । त्यति मात्र होइन उनले बालेनकी श्रीमतीलाई लछारेर सडकमा ल्याउन पनि भनेका छन् ।

ुहामी तोडफोड नगर्ने, तोडफोड त उनीहरूले गरे । हामीलाई गर्नु छैन । भत्काउनेको नाइके त बालेन हुन् । भत्काउँदा–भत्काउँदै सिंहदरबारमा आगो लगाइदिए । अब लगाउन बाँकी केही छैन । बाँकी नभएर तपाईंहरूलाई आगो लगाएर खेद्न खोजेको । त्यसका लागि तपाईंहरू जतिखेर पनि लड्न, जुन अवस्थामा पनि लडेर बस्नलाई तयार हुनुस् । तपाईंको भत्काइसक्दा उसकोमा हुरुरु पुग्नुस् न, भत्काउन थालिहाल्नुस् । पुग्नुस् त खुँडा खुकुरी लिएर,ु आइतबार बिहान सुकुम्बासीहरूलाई सम्बोधन गर्दै प्रसाईंले भने ।

उनले श्रीमतीको गाडी केही समय रोकेका कारण बालेनले सिंहदरबारमा आगो लगाएको आरोप समेत लगाए ।

“उसको बुढीको गाडी एकछिन रोकिँदा सिंहदरबारमा आगो लगाउने । उसको बच्चोचाहिँ बच्चो, तपाईंहरूको बच्चोचाहिँ बच्चो होइन ? उसको श्रीमतीचाहिँ श्रीमती, तपाईंहरूको श्रीमतीचाहिँ श्रीमती होइन ? ऊचाहिँ मान्छे, तपाईंहरूचाहिँ मान्छे होइन ? उनीहरूले सिकाको होइन घरमा आगो लगाउन ? उनीहरूले नै सिकाको हो नि,” प्रसाईंले भने ।
प्रसाईंका यस्ता अराजक अभिव्यक्ति बारम्बार आइरहेका छन् । तर, सरकार र कानूनी निकायहरुले उनलाई क्यान्सर सर्भाईभरका नाममा छुट दिँदै आएका छन् ।
यस्तो थियो उनको अराजक अभिव्यक्ति –
हामी तोडफोड नगर्ने, तोडफोड त उनीहरूले गरे । हामीलाई गर्नु छैन । भत्काउनेको नाइके त बालेन हुन् । भत्काउँदा–भत्काउँदै सिंहदरबारमा आगो लगाइदिए । अब लगाउन बाँकी केही छैन । बाँकी नभएर तपाईंहरूलाई आगो लगाएर खेद्न खोजेको । त्यसका लागि तपाईंहरू जतिखेर पनि लड्न, जुन अवस्थामा पनि लडेर बस्नलाई तयार हुनुस् । तपाईंको भत्काइसक्दा उसकोमा हुरुरु पुग्नुस् न, भत्काउन थालिहाल्नुस् । तपाईंहरू पुगिहाल्नुस् । पुग्नुस् त खुँडा खुकुरी लिएर अनि निकाल्नुस् उसको बुढीलाई बाहिर । उसको बुढीको गाडी एकछिन रोकिँदा सिंहदरबारमा आगो लगाउने । उसको बच्चोचाहिँ बच्चो, तपाईंहरूको बच्चोचाहिँ बच्चो होइन ? उसको श्रीमतीचाहिँ श्रीमती, तपाईंहरूको श्रीमतीचाहिँ श्रीमती होइन ? ऊचाहिँ मान्छे, तपाईंहरूचाहिँ मान्छे होइन ? उनीहरूले सिकाको होइन घरमा आगो लगाउन ? उनीहरूले नै सिकाको हो नि ! तपाईंहरूलाई बचाउन नागरिक अभियान आइसकेको छ । हामी आइसकेका छौं । हिम्मत नहार्नुस् । सम्पूर्ण नेपालभरिका भूमिहीनहरूलाई के भन्छु भने व्यवस्था परिवर्तन गरौं, भूमिको व्यवस्था गर्ने जिम्मा दुर्गा प्रसाईंले लिन्छ ।