दुर्गा प्रसाईबाट परिचालितको आरोप लागेका मिराज र विप्लबबीच सहकार्य सम्झौता

दुर्गा प्रसाईबाट परिचालितको आरोप लागेका मिराज र विप्लबबीच सहकार्य सम्झौता



काठमाडौं । जेन्जी आन्दोलनको बेला दुर्गा प्रसाईको योजना अनुरुप परिचालित भएको आरोप लागेका मिराज ढुंगाना र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी बीच सहमति भएको छ । चार बुँदे सहमतिमा आन्दोलनको लागि सहकार्य गर्ने उल्लेख छ ।

नेकपा माओवादीका महासचिव विप्लव र ढुंगानाले बिहीबार उक्त सहमतिपत्रमा हस्ताक्षर गरे ।

चार बुँदे सहमतिमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेनजी विद्रोहको माग पूरा गर्न संघर्ष गर्ने उल्लेख छ ।

यसैगरी, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन, स्थिर सरकार गठन गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने विषय सहमतिमा उल्लेख छ । जेन्जी आन्दोलनको बेला भित्री रुपमा माओवादीका लडाकुहरु पनि परिचालित भएको आरोप समेत लाग्ने गरेको छ । पछिल्ला समय कृषि क्रान्ति मार्फत देश विकास गर्ने नारा अघि सारेका विप्लबको विश्वसनीयता बढ्दै गएको थियो । यद्यपि जेन्जी विद्रोहपछि उनले समयको सही आंकलन गर्न नसकेको र मूलधार भन्दा पनि तत्कालीन कार्यदिशातर्फ अघि बढेको धेरैले अनुमान गरेका छन् । जेन्जी आन्दोलनको नाममा स्कुले विद्यार्थीहरुलाई सडकमा उतारे आफु कुनामा लुकेको आरोप लागेका मिराजसँग खासै समर्थक देखिँदैनन् । उनी आन्दोलनको घोषणा गर्ने र आफ्नो व्यवसायतर्फ लाग्दै आएका छन् । यो सहमतिको उद्देश्य केही समय पछि खुल्दै जाने अपेक्षा छ ।