नक्कली भारु छाप्दै गरेको मेशिनसहित दुई जना काठमाडौंमा पक्राउ

नक्कली भारु छाप्दै गरेको मेशिनसहित दुई जना काठमाडौंमा पक्राउ


काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा नक्कली नोट छाप्ने मेशिनसहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घरभएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्धको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ । पक्राउ पर्नेमा भारतीय नक्कली नोट छाप्न काठमाडौंमा मेसिन ल्याउने व्यक्ति समेत रहेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट बाइक, भारु ५ सय दरका ३१७ थान नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोल लगायतका समानहरू बरामद गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको छ ।