नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूले दायर गरेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा पुनरावलोकन निवेदनमाथि बिहीबार सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो। अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने सम्भावना रहेको…