काठमाडौं । अन्टसन्ट र अश्लिल बोलेर जनता हँसाउन खोज्ने कलाकार हिमेश पन्तका बारेमा जनआस्था साप्ताहिकले हालै पन्त परिवारले अरुको जग्गा अनाधिकृतरुपमा हडपेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचार भ्रामक, कपोलकल्पित, बदनियतपूर्ण रहेको दावी गर्दै उनी साईबर व्यूरो गएका छन् । समाचारले आफ्नो व्यक्तिगत चरित्रहत्या भएको, व्यवसायीक निष्ठामा आघात पुर्याएको तथा आफ्नो राजनीतिक जीवन ध्वस्त पार्ने दुराशय बोकेको भन्दै उनले साइबरमा उजुरी दिएका हुन् ।
हिमेशलाई काउन्टर दिँदै श्रेष्ठले पनि उजुरी दर्ता गराएका छन् । जनआस्था अनलाइनमा प्रकाशित समाचारलाई लिएर पत्रकारमाथि अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक सामग्री पोष्ट गरेको आरोपमा विद्युतीय कारोवार ऐन बमोजिम कारबाहीको मागसहित उजुरी दर्ता गरिएको हो ।
पन्तले आफ्नो फेसबुकमा श्रेष्ठलाई लक्ष्यित गर्दै ‘ब्ल्याकमेलरले दशैँ राम्रै मनाउने भो’, ‘कति करोडको खेल हो फेरि’, ‘मलाई पनि ब्ल्याकमेलिङ गर्ने हो क्या हो, गुहार गुहार सरकार’जस्ता स्टाटसहरु लेखेका थिए ।
जनआस्थाले हिजो आफ्नो अनलाइन पोर्टल र फेसबुक पेजमा ‘हिमेश,अरुको सम्पत्ति हडप्नेले कस्तो सुशासन सिकाउने रु’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । प्रकाशित समाचारमा धादिङको थाक्रे गाउँपालिका–१० का तिलकप्रसाद बिडारीले हिमेशका बुबा सुब्बा पन्तसँग खरिद गरेको साढे ४ रोपनी जग्गा राजनीतिक पहुँचको आडमा भोगचलन गर्नबाट बन्चित गरिएको आरोप लगाइएको छ ।
यस विषयमा हिमेशले आजै फेसबुकबाट लामो स्पष्टिकरण दिँदै उक्त जग्गा आफ्नो बुवाले विक्री गरेको नभएर बन्धकी मात्रै राखेको बताएका छन् ।

प्रतिक्रिया