आशा बढ्यो, त्रिशुली ३ ए जलविद्युतको सुरुङको मुखमा रहेको ढुंगा हटाइयो, लेदो निकालिँदै

आशा बढ्यो, त्रिशुली ३ ए जलविद्युतको सुरुङको मुखमा रहेको ढुंगा हटाइयो, लेदो निकालिँदै



काठमाडौं । उद्धारकर्ताहरूले त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको सुरुङको मुखमा रहेको ठूला ७ वटा ढुंगा विस्फोट गरी हटाएका छन्।

मंगलबार राति परेको भारी वर्षापछि जमेको पानी निकालेर सुरुङको मुखमा रहेका ठूला ढुंगा विस्फोट गरी हटाइएको हो।

अहिले विस्फोट गरेर फुटाइएका ढुंगाका टुक्रा सफा गर्दै तल झर्ने र लेबल डाउन गर्ने काम भइरहेको प्रतिनिधि सभाका सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन्।

भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीले जलविद्युत् आयोजनाको सुरुङ भित्र थुपारेको माटोको लेदो सफा गरेर बाहिर फाल्ने प्रयोजनका लागि ह्वील लोडर र मिनि एस्काभेटर तयारी अवस्थामा राखिएका छन्।

सुरुङ सफा गर्दै १६० मिटर पार गरेपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको पावरहाउस पुगिने न्यौपानेले बताए। ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ मा बाढीपछि ४२ जना सम्पर्कविहीन छन्।