विराटनगरस्थित एक होटलबाट शनिबार प्रहरीले ६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। पर्यटक भिसामा नेपाल आएर गैरकानुनी रूपमा व्यावसायिक प्रशिक्षण सञ्चालन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। पक्राउ परेकाहरूले होटलभित्र ‘लाफिङ बुद्ध’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० कवित कटुवालले जानकारी दिए। होटलको सभा…