देशभरिका शिक्षक काठमाण्डू आएर आन्दोलन गर्ने चेतावनी, किन भए क्रुद्ध

नयाँ संविधानसँग अनुकूल हुने गरी बनाइएको विद्यालय शिक्षा विधेयक पारित गर्न अनुचित ढिलाइ भएको भन्दै शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घले पठनपाठन ठप्प पार्ने सहितको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। "दश वर्ष त संविधान आएकै भइसक्यो। डेढ वर्ष यो विधेयक संसद्‌मा पुगेको नै भइसक्यो। अझै पनि पारित गर्न भइरहेको ढिलाइले हामी असन्तुष्ट भएका हौँ," महासङ्घका…