भिडियो कलमार्फत अश्लिल सामग्री बनाएर बेच्ने रमेश पक्राउ

भिडियो कलमार्फत अश्लिल सामग्री बनाएर बेच्ने रमेश पक्राउ



नेपाल तथा अन्य देशमा रहेका नेपालीहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराएको आरोपमा १ जना पक्राउ परेका छन् ।

महिलाको अश्लील सामग्री बनाएर बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भइ जिल्ला काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा छन् ।
उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।