काठमाडौँ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवातालबारे सर्वोच्चले गरेको फैसला हुबहु कार्यान्वयन गर्ने बताएका छन् । नेपाल प्रेस युनियनले आइतबार पोखरामा आयोजना गरेको लोमन्थाङ मिडिया समिट अन्तर्गतको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पोखराको पर्यटन जोगाउन फेवातालको संरक्षण अनिवार्य रहेको बताए । सर्वोच्च अदालतले २०८० साल असार ५ गते फेवातालको किनारबाट ६५ मिटरभित्र रहेका सबै संरचना हटाउन…