गगन थापाले भने, तीन दलका शीर्ष नेतालाई बिदा गरौं !

गगन थापाले भने, तीन दलका शीर्ष नेतालाई बिदा गरौं !



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका तीन नेतालाई बिदा गर्नुपर्ने र संवादका लागि नयाँ वातावरण बनाउनुपर्ने बताएका छ्न् ।

आइतबार अपरान्ह भिडिओ सन्देशमार्फत् उनले बितेको १० वर्षमा सत्तालाई ओली, देउवा र प्रचण्डले म्युजिकल चेयरजत्तिकै बनाएको र अहिलेको समस्या निम्तिएको बताएका छन् ।

‘१० वर्ष यसैगरी बितेको थियो । आजको यो समस्याको एउटा मेजर कारणको यो सुरू भनेकै यही हो । अझै पनि तपाईँहरू चेत्नु हुन्न ? अझै पनि उहाँहरूले बिदा लिनु पर्दैन ? अझै पनि तपाईँहरूले उहाँलाई हटाउनु पर्दैन ? म सुन्छु तपाईँहरू अहिले पनि कोही अधिवेशन कोहीबीच अधिवेशन यस्तै टेक्निकल कुरा गरिराख्नु भएको छ ।’

उनले लगातार ३ वटा चुनावमा आफूले लगातार तीनवटा पार्टीलाई नै भोट हालेको उल्लेख गरेका छन् ।

‘मेरो बुवाआमाले सधैँ नेपाली कांग्रेसलाई भोट हाल्नु हुन्छ । तर मेरो केही हुँदैन कांग्रेसमा रु तपाईँहरू केही मान्छे मेम्बरहरू मात्र बसेर कांग्रेसको बारेमा मेम्बर्स बसेर एमाले माओवादीको बारेमा निर्णय गर्ने तपाईँहरूसँग मात्रै अधिकार छ ? भोट चाहिँ हामी सबैले हाल्न पर्ने । निर्णय चाहिँ तपाईँहरूको केही मान्छे मुठीभर मानिसहरू बसेर गर्ने रु आज बिग्रेको कुरा यही कारणले गर्दा हो’, गगनले भनेका छन् ।

मतदातामाझ अहिले गए तिम्रो आफ्नो पार्टीको टाउको तिमीले हटाऊ, उहाँहरूलाई विश्राम लिन लगाऊ भन्छन् भन्दै उर्नले यसको बारेमा कुनै दुविका छ रु भन्दै सोधेका छन् ।

गगनको प्रश्न छ, ‘भाद्र २५ गते पछाडिको र भाद्र २२ गते अगाडिको नेपाल एउटै हो ? यो मेसेज हामीले बुझ्नु पर्छ कि पर्दैन ? कति साथी मलाई के भनिराख्नु भएको छ भने यत्रो सभापतिलाई पर्दै गर्दा सिम्प्याथि राख्नु पर्दैन ? सिम्प्याथि छैन ? सिम्प्याथि नहुने कुरा हुन्छ ? मैले र विश्वप्रकाश शर्माले भाद्र २५ गते सबै भन्दा पहिला सभापति माथिको आक्रमणको भर्त्सना गर्दै वक्तव्य निकाल्यौँ । त्यो कर्तव्य थियो ।’

https://www.facebook.com/reel/1605976814118404