काठमाडौं । अन्ततः ईजरायलबाट नेपाली युवा विपिन जोशीको दुखद खबर सार्वजनिक भएको छ । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएको त्यहाँस्थित राजदूतले जानकारी दिएका हुन् ।
इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।
ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका थिए । यससँगै दुई वर्षदेखि नेपालीहरुले उनको रिहाईका लागि गरेको प्रयत्न खेर गएको छ । साथै, परिवारमा ठूलो बज्रपात आइपरेको छ ।

प्रतिक्रिया