काठमाडौं । सरकारले गृह मन्त्रीस्तरीय निर्णयबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भागेका, भगाइएका कैदीहरुलाई खोज्ने कार्यदल बनाएको छ । यस्तो कार्यदलले नाम प्राप्त भएका व्यक्तिहरुलाई विभिन्न सरकारी कागज प्राप्त गर्ने र विदेश जानसक्ने स्थितिलाई रोक्न आदेश दिइएको छ । जेन्जी आन्दोलनको क्रममा विभिन्न जेलबाट निस्किएका १४ हजार कैदीमध्ये अझै ५ हजारभन्दा बढी बाहिर छन् ।
उनीहरुलाई समय दिएर जेलफिर्ता हुन आह्वान गरिएको भएपनि सम्पर्कमा आएका छैनन् । विभिन्न शहरी क्षेत्रमा लुकेर बसेको अनुमान छ । परिचय खुल्ने कागजात नभएका यिनीहरुले समाजलाई त्रस्त तुल्याएको अवस्था छ । दुर्गा प्रसाईं नेतृत्वको अभियानले जेलबाट मानिसहरु भगाउने अभिव्यक्ति दिँदै आएको सन्दर्भमा उनीहरुलाई दुरुपयोग गर्ने खतरा एकातिर देखिन्छ भने अर्कोतिर रास्वपाले समेत जेलब्रेक गर्ने कार्यलाई मलजल गरेका कारण उनीहरु अन्यत्र अपराधिक कार्यमा प्रयोग हुनसक्ने खतरा समेत देखिएको सुरक्षा श्रोतको विश्लेषण छ ।
यस्तो छ नामावली –
प्रतिक्रिया