अष्ट्रेलियामा सडक दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल पठाउन ‘गो फण्ड मी’ संचालन

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु भएको छ। सिड्नीको चेरीब्रुकमा भएको दुर्घटनामा २३ वर्षीय नेपाली विद्यार्थी सुजन घिमिरेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका सुजनलाई हर्नस्बी अस्पताल लगिएको थियो। अस्पताल लगेका उनलाई डाक्टरले मृत घोषणा गरेको थियो। नेपाल घर सिन्धुली भएका घिमिरे गत अगष्टमा मात्र सिड्नी आएका थिए। परिवारको अग्रह…