काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर छ। सोमबार १ अमेरिकी डलरको खरिददर १३२.६७ रुपैयाँ र बिक्रीदर १३३.२७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ३५ पैसा रहेको छ।
युरोपियन युरोको मूल्यमा सोमबार झिनो वृद्धि भएको छ। आइतबार एक युरोको खरिददर १४४.२५ र बिक्रीदर १४४.९० रुपैयाँ कायम थियो। आज खरिददर १४४.२७ र बिक्रीदर १४४.९२ रुपैयाँ पुगेको छ।
बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९८ रुपैयाँ र बिक्रीदर १६९.७५ रुपैयाँ तय भएको छ। आइतबार भने १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९४ रुपैयाँ र बिक्रीदर १६९.७१ रुपैयाँ थियो।
प्रतिक्रिया