ओसाकाको प्रस्तुतिसँगै सकियो नेपथ्यको जापान यात्रा

काठमाडौँ । आर्थिक महानगर ओसाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ। अघिल्ला दुई सहरहरु टोकियो र फुकुओकाजस्तै ओसाकामा पनि नेपथ्यको प्रस्तुतिलाई दर्शक उपस्थितिले साथ दिएको थियो। ‘यो सहरमा आजसम्म पाँच–छ सयभन्दा बढी नेपालीहरुको जमघट भएको रेकर्ड छैन,’ आयोजक टोलीका सबिन थकालीले भने ‘१७ सय दर्शकहरु…